ब्लाष्टखबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड) को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरीलाइ संक्रमण देखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताएका छन् ।

संक्रमित देखिएका सुरक्षाकर्मीहरु गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएकाे बताइएकाे छ  ।