धरान/धरान–८ स्थित लाङ्घाली सामुदायिक वन समूहमा राखिएका सडक मानवहरूलाई धरानको शारदा बालिका माविका २०५४ जना एसएलसी ब्याचका विद्यार्थीहरूले सहयोग गरेका छन् ।

विद्यार्थीहरूले सडक मानवको व्यवस्थापनको जिम्मा लिएको इटहरीको मायाघर नेपाललाई करिब २६ हजार रुपैयाँ बराबरको सुख्खा तथा हरियो सब्जी वितरण गरेको छ । मायाघर नेपालकी अध्यक्ष राधिका दासीलाई पूर्वविद्यार्थी एवम् महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले सामग्री हस्तान्तरण गरिन् ।

तत्कालीन समयका विद्यार्थीहरूले रकम सङ्कलन गरेर सहयोग गरिएको उनले बताइन् । जसअन्तर्गत जापानमा रहेकी अनिता केसीले १० हजार, बेलायतमा रहेकी सुब्बा रानाले ५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

संस्थालाई आलु, प्याज, टमाटर, बन्दा, चना, मटर, न्युटेलालगायतका सुख्खा तरकारी सहयोग गरिएको छ । त्यस्तै धरान–११ न्यूरोड लाइनका छविका राई र शान्तिचोककी पूर्णकला राईले चामललगायतका खाद्यान्न सामग्री सहयोग गरेका थिए ।