भोजपुर/ भोजपुरमा विभिन्न पार्टी परित्याग गरि २१ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काग्रेसको १४ महाधिवेशन तयारी तथा क्रियाशिल सदस्यता वितरण सम्बन्धी बिशेष बैठकमा २१ जना पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी सभापती नन्दमणी राईको अध्यक्षता तथा पुर्व काग्रेस केन्द्रिय सदस्य कुमारी लक्ष्मी राईको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न बैठकमा सतारुढ नेकपा, जनता समाजवादी पार्टी र राप्रपाका नेता कार्यकर्ताले पार्टी परित्याग गरेको काग्रेस जिल्ला सचिव कैलाशकुमार आलेले बताए ।

पार्टी परित्याग गर्नेमा जसपाका जिल्ला सदस्य रामकुमार राई, लिलामाया तामाङ, सुरेश कुमार तामाङ, दलगाउँका पुर्व गाविस अध्यक्ष गंगा बहादुर राई रहेको सचिव आलेले जानकारी दिए । अन्य पार्टी परित्याग गर्नेमा मित्र बहादुर तामाङ, मणि कुमार राई, प्रह्लाद थापा, चन्द्र बहादुर नेपाली, राम कुमार राई, रोशन राई, सरोज राई, युवराज राई, रमेश राई र आत्मा राई रहेका छन् ।

यस्तै रमेश थापा, उपेन राई, जयकुमार राई , महात्मा राई, तिर्थ बहादुर भुजेल, शुभलक्ष्मी राई र शिव खडकाले पनि पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गरेकाहरुलाई प्रमुख अतिथी कुमारी लक्ष्मी राई काग्रेस जिल्ला सभापती नन्दमणी राई , पुर्व जिल्ला सभापती बालकृष्ण थापा र पार्टी जिल्ला सचिव आलेले पार्टी प्रवेश गराएको नेवि संघका जिल्ला नेता मनोज खनालले बताए ।

पार्टी परित्याग गरेकाहरुले कांग्रेसले मात्र जनताको भावना समेट्ने दावी गरेका छन् । कोरोना महामारीका विच भएको बैठकमा जिल्लाको ९ वटै स्थानिय तहका ३ सय बढी सक्रिय सदस्यहरुको उपस्थिति रहेको नेता खनालले जानकारी दिए ।

ff kangres