धरान / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष आज छलफलमा बसे पछि छलफल फलदायी भएन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन बनेको छ ।

सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयले वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाईसमेत छलफलमा राखेका थिए । छलफलमा दुई अध्यक्षहरुल ेआ–आफ्नो अडान कायम राखे पछि छलफलले कुनै निष्कर्ष ननिस्किएको श्रोतले बताएको छ । भोली मंगलबार साँझ ५ बजे फेरि बस्ने बैठक बस्ने गरि छलफल टुङगाइएको छ ।