धरान / सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गरेको ब्रिटिस, भारत र सिंगापुरबाट अवकास प्राप्त ज्येष्ठ गोर्खा भूतपूर्व सैनिकहरूले शनिबार आपत्ति जनाउदै संयुक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

भारतीय भूपू गोर्खा सैनिक, व्रिटिश भूपु गोर्खा सैनिक र सिंगापुर भूपू गोर्खा सैनिकहरुले समाजिक सुरक्षा भत्ता कटौती विरुद्ध आन्दोलन गर्न गजेन्द्र इस्वोको संयोजकत्वमा गोर्खा भूपू सैनिक संयृुक्त संघर्ष समिति गठन गरेका छन् । संघर्ष समितिका संयोजक इस्वो, सहसंयोजक तारानाथ लिम्बु र सचीव कर्ण गुरुङद्धारा हस्ताक्ष्ँरित संयुक्त प्रेश विज्ञप्तीमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र सरकारले गत असार १७ गते गरेको सामाजिक सुरक्षा भत्ता कटौती प्रति आपत्ती जनाउदै संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको अवगत गराउन चाहान्छौं ।’

संघर्ष समितिले सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गरेर ज्येष्ठ गोर्खा भूपू सैनिकहरुलाई विभेद र अपमान गरेको जनाएको छ । सरकारले गोर्खा भूपू सैनिकहरुले पेन्सन पाउने दलिल गर्दै सामाजिक सुरक्षा भत्ता कटौती गरेको हो । विज्ञप्तीमा भनिएको छ, ‘गोर्खा भूपू सैनिकहरुले खाइपाइ आएको सेवा सुविधा नेपाल सरकारले दिएको नभएर आफ्नो ज्यानको बाजी लगाएर विदेशमा सैनिक जीवन विताए वापत त्यहीको सरकारले दिएको सेवा सुविधा हो ।’ गोर्खा भूपू सैनिकहरुको आम समस्य र मागप्रति नेपाल सरकार पहिलेदेखि नै उदासिन हुदै आएकोमा पछिल्लो समयमा विदेशको सरकारबाट पेन्सन पाउने बहाना बनाएर सामाजिक सुरक्षा भत्ता कटौती गर्नु अप्रत्यक्षरुपमा अनागरिक बनाउने प्रयास भएको पनि संघर्ष समितिको ठहर छ ।

समितिका संयोजक गजेन्द्र इस्वोले भने, ‘हामीले बेलायत, भारत र सिंगापुरमा आधा जीवन सैनिक भएर काम गरेवापत प्राप्त रकम रेमिट्यान्सको रुपमा नेपालमा पठाएर स्वदेशको अर्थतन्त्रलाई गिर्नबाट जोगाउदै चलायनमान आर्थिक वृद्धिमा टेवा दिदा त्यसको पुरस्कार र सम्मान स्वरुप सामाजिक सुरक्षा भत्ता कटौती गरियो ।’

मुलुक भरी व्रिटिश, भारत र सिंगापुरबाट अवकास पाएर ७० बर्ष कटेका ज्येष्ठ गोर्खा भूपू सैनिकको संख्या धेरै छैन । एक अनुमानअनुसार भारतीय भूपू गोर्खा सैनिक करिव ५० हजार, व्रिटिश गोर्खा भूपू सैनिक करिव १५ हजार र सिंगापुर गोर्खा भूपू सैनिक ७ हजार जति रहेको बताएको छ । ती मध्ये ७० बर्ष कटेका ज्येष्ठ गोर्खा भूपू सैनिकको संख्या बढीमा ५ हजार सम्म रहेको अनुमान गरिएको छ । व्रिटिश, भारत र सिंगापुरबाट अवकास प्राप्त भूपू गोर्खा सैनिकहरुले अझै पनि पेन्सनवापत नेपालमा बार्षिक करिव ४० अर्व रुपैया भन्दा बढी भित्राउने गरेका छन् । विदेशी सेनामा जागिर खाएवापत पेन्सन पाएपनि नेपाल सरकारले दिएको सामाजिक सुरक्षा भत्तालाई उनीहरुले राज्यले आफुहरु प्रति गरेको सम्मानको रुपमा लिएका थिए ।
भारतीय भूपू गोर्खा सैनिक समेत रहेका संघर्ष समितका सचिव कर्ण गुरुङले भने, ‘तर त्यो सम्मानबाट पनि सरकारले बन्चित गरेकाले आन्दोलित हुनु परेको हो ।’ उनले सामाजिक सुरक्षा भत्ता नदिने हो भने आफुहरुले खाइपाइ आएको पेन्सन नेपाल सरकारले नै दिनु पर्ने नत्र अर्को देशले दिएको पेन्सनको बहानामा दोहोरो सुविधा लिन नपाउने नियम गोर्खा भूपू सैनिकहरुको हकमा लागु हुन नसक्ने बताए ।

संघर्ष समितिका सह संयोजक समेतरहेका सिंगापुर पुलिस फोर्सबाट अवकास प्राप्त तारानाथ लिम्बुले सरकारले गरेको निर्णय अविलम्ब खारेज वा फिर्ता नलिए शसक्त आन्दोलनमा उत्रने बताए । उनले भने, ‘गोर्खा भूपु सैनिकहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउदा राज्यले अभिभावकत्वको भूमिका खेलेको महसुस गरिएको थियो तर कटौती गरेर विभेद ग¥यो । यो सह्य हुदैन । गोर्खा भूपू सैनिकहरुकालागि आन्दोलनमा उत्रने वातावरण सरकार आफैले बनाउदै छ ।’