धरान / राप्रपा त्यागेका पूर्वमन्त्री सुनिलबहादुर थापा आज औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका छन् । उनले गत शनिबार पार्टी त्याग गरेको भन्दैं विज्ञप्ति जारी गरेका थिए ।

उनीसहितका नेतालाई कांग्रेसका शीर्ष नेताहरुले केन्द्रीय कार्यालय सानेपामा भव्य कार्यक्रम गरि पार्टी प्रवेश गराएका छन् ।

थापा पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा सुनिल आफु कांग्रेस नेताको भाग खोस्न नभइ साथममा अघि बढ्न आएको प्रतिक्रिया दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराइएको थियो ।