नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध अभिनेता भुवन केसीले उजुरी दिएका छन् ।

उनले जिल्ला अदालत काठमाडौंमा गाली बेइजती मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी ज्ञानबहादुर शाहले साम्राज्ञी विरुद्ध उजुरी परेको बताए ।

यसअघि अभिनेता भुवन केसीले चलचित्र कलाकार सङ्घमा पनि साम्राज्ञीले आफ्नो चरित्रहत्या गरेको भन्दै उजुरी दिएका थिए । यो मुद्दालाई कलाकार सङ्घले नै मिलाउन खोजिरहेका बेला भुवनले अदालतमा उजुरी दिएका हुन् ।

केही समयअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीलाई इङ्गित गर्दै ‘ड्रिम्स’ फिल्म सुटिङका क्रममा आफू ‘घिनलाग्दो दुव्र्यवहार’ को शिकार भएको बताएकी थिइन् ।
साम्राज्ञीले आरोप लगाए पनि भुवनले भने बारम्बार आफूले दुव्र्यवहार नगरेको बताउँदै आएका छन् ।

पछिल्लो समय भुवन र साम्राज्ञीको सामाजिक सञ्जालमा दोहोरी नै चलेको थियो । चलचित्र कलाकार सङ्घमा उजुरी परेपछि कलाकार सङ्घले साम्राज्ञीसँग लिखित जवाफ मागेको थियो । साम्राज्ञीले भने वकिलमार्फत् यो बहसलाई अगाडि बढाउन नचाहेको भन्दै मौखिक प्रतिक्रिया पठाएकी थिइन् ।