धरान / धरान उपमहानगरपालिकामा भएको सबै खाले बेरुजु तत्काल उठाउन नेपाली काङ्ग्रेस धरान उपमहानगर कमिटीले आग्रह गरेको छ ।
धरान उपमहानगरपालिकाका वहालवाला कर्मचारी, वडाअध्यक्ष, कार्यपालिका सदस्यलगायतका अन्य दलहरुको पनि पेस्की बेरुजु भएको बताउदैंं सबैखाले बेरुजु र बक्यौता बुझाउन माग गरेको छ ।

मंगलबार पार्टीका उपसभापति महेन्द्र तामाङले विज्ञप्ति जारी गरि उपनिर्वाचन भन्दाअघि बर्षौदेखि उपमहानगरको नेतृत्व गरेको दलले बेरुजु फछौंटमा बेवास्ता गरेको भन्दौं छानविन गरि फछौंट गर्न माग गरिएको छ । यस अघि नेकपा नेतृत्वले उपमहानगरमा नेतृत्व गदैंआएको थियो ।

याे पनि पढ्नुहाेस्

धरानका मेयरको नाममा २ लाख ४१ हजार पेस्की बेरुजु


कांग्रेसले उपमहानगरको आर्थिक महाशाखामा पञ्चायत कालदेखि विभिन्न दल,व्यक्ति कर्मचारी,जनप्रतिनीधिहरु, संघ संस्था, उपभोक्ता समितिकहरुको बेरुजु भए पनि मेयर तिलक राईको नाममा भएको २ लाख ४१ हजार ५ सय बेरुजु मात्र ब्लाष्ट दैनिकले सार्वजनिक गरेको भनेर आपतिसमेत जनाएको छ ।

तमाङले मेयरको नाममा बेरुजु रहेको तर उपमहानगरमा प्राविधि कारणले फरफराक हुन नसकेको जनाएको छ । बुद्ध चोक निर्माण तथा बुद्ध प्रतिमा अनावरण उपभोक्ता समितिले २०६० सालमा चोक विस्तार ड्रेन,फुटपाथ विस्तार गरेर काम भएको प्रस्ताएको छ । कामसम्पन्न भएको तर फछैंट हुन प्राविधिक कारणले बाँकी रहेको विज्ञप्तिमा भनिएको छ ।

गत असार २५ गते मेयर तिलक राईको नामा पेस्कु बेरुजुको विषयमा ब्लाष्ट दैनिकमा समाचार प्रकासित भएको थियो । राईले पेस्की फ्छौंट हुन बाँकी रहेको र प्रक्रियामा रहेको बताउदैं आएका छन् । पार्टीका नगरसभापतिसमेत रहेका मेयर  राईको पेस्की लिएको विषयमा समाचार आएको ५ दिन पछि पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

२०६३ सालदेखि २ लाख ४१ हजार ५ सय रुपैयाँ तीन पटक गरेर मेयर राईले लिएको उपमहानगरको अभिलेखमा उल्लेख छ । बुद्ध चौक प्रतिमा निर्माण समितिका अध्यक्ष तिलक राईको नाममा २०६२ असार ७ गते ४१ हजार ५ सय, २०६३ असार ७ गते नै एक लाख र २०६३ कात्तिक २ गते धरान–१८ स्थित बुद्ध चोकमा बुद्धको प्रतिमा निर्माण गर्न भनेर पेस्की लिएको देखिन्छ । 

उपमहानगरको लेखा शाखाका अनुसार आर्थिक वर्ष २०३९/०४० देखि हालसम्म २ करोड २० लाख ५२ हजार ३ सय १५ रुपैयाँ अझै फछ्र्यौट हुन बाँकी रहेको छ । करिब ३ सय ८४ जनाले विभिन्न शीर्षकमा उपमहानगरपालिकाबाट रकम लगी त्यसको हिसाब नपामा बुझाएका छैनन् । कतिले कामै नगरी हिसाब बुझाएका छैनन् भने कतिले योजना सम्पन्न गरे पनि हिसाब भने फरफारक नगरेको पाइएको छ । पञ्चायतकालका जनप्रतिनिधि तथा पूर्वराजा ज्ञानेन्द्रका पालामा मनोनित प्रतिनिधिहरूले लिएको पेस्की पनि अझै फछ्र्यौट हुन सकेको छैन ।