ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा १ सय ४४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन्  । 

आज १ हजार ७ सय ५ जना संक्रमित निकाे भइ  डिस्चार्ज  भएका छन् । यस सँगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या १० हजार २ सय ९४ जना पुगेकाे  डा. गौतमले जनाएका छन् । उनले ६ हजार ६ सय १३ जना काेराेना संक्रमपतकाे विभिन्न अस्पतालका अाइसालेसनमा राखि उपचार भइरहकाे पनि जानकारी दिएका छन् ।

हाल सम्म नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या ३८ जना रहेकाे छ  ।