सिरहा । सिरहा वासीले गरे नवनियुक्त प्रमुख जिल्ला अधिकारी कडेललाई स्वागत गरेको छ । कारागार ब्यवस्थापन विभागबाट सरुवा भएर सिरहा जिल्ला आएका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेललाई स्वागत एवं सम्मान गरेको हाे ।

सम्ममान कार्यक्रममा धनुषामा हुँदा जिल्ला प्रशासन कार्यालयको भौतिक संरचनादेखि जनतालाई आवश्यक सेवा उपलब्ध गराई धनुषा वासीको मन जित्न सफल भएकाे भन्दै बिश्वास जूम नेपालका अध्यक्ष मनोज कुमार साहले कडेलले सिरहा वासीको पनि मन जित्न सफल हुने विश्वास व्यक्त गरेका गरे । 

कार्यक्रममा जूम नेपाल (धनुषा), निर्माण व्यवसाय संघ सिरहा, ग्रान्ड होटेल मिर्चैयाको संयक्त आयोजनामा कर्जन्हा नगरपालिकाका स्थानिय युवा प्रताप सिंह, दिलिप साह, अनजनी राय, मनोज राय, भरत महतो लगायतका युवाहरुले कर्जन्हा नगरपालिकाको वस्तिपुरमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेललाई सामाजिक दुरि कायम गर्दै भव्यताकासाथ स्वागत र सम्मान गरेका छन् ।