पथरी/ कानेपोखरी गाउँपालिका स्थित चिसाङ खोलामा आएको बाढीले २ घर बगाउनुका साथै १८ घर विस्थापित गरेका छन् ।

आइतबार आएको बाढीले वडा नं. २ स्थित चिसाङ खोलाको बाढीले पाण्डप ऋषिदेव र पलान ऋषिदेवको घर बगाएको हो । उनिहरुलाई खोलाबाट उद्धार गरी आफ्न्तकोमा राखिएको वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीले बताए ।

त्यसैगरी वडा नं. २ कै गीता बोहोरा, सन्दिप माझी, खुट्टा माझी, सुर्जा चौधरी, पुरनलाल चौधरी, सरिता शाह, विहारी ऋषिदेव, विन्दु चौधरी, रुन्ची चौधरी र खुशिलाल चौधरी सहित १० घर परिवार चिसाङ खोलाबाट विस्थापित भएका छन् । उनिहरु पनि सवै आफ्न्तको शरण लिएर बसेको अध्यक्ष बुढाथोकीले बताए ।

त्यसैगरी सोही दिन वडा नं. ५ का ८ घर विस्थापित भएका छन् । वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङको नेतृत्वमा विस्थापित सवैलाई उद्धार गरी श्रीमावि स्कुलमा राखिएको छ । घरमा भएका लताकपडा, भाडाकुडा, धान चामल, बाख्रा, कुखुरा लगाएतका सामाग्रीहरु ट्याक्टर मार्फत ल्याएका थिए ।

कटान क्षेत्रमा भएका घरहरु जनप्रतिनिधिहरु र स्थानीय मिलेर विहानै देखि भत्काएका थिए भने घरको खम्वाहरु जेसिवि मार्फत भत्काइएको थियो । खोलाले बन्दै गरेको झोलुङ्गे पुलको पिल्लरलाई पनि क्षती पुर्याएको छ । सो स्थानमा एकै रातमा ५ विगाह जग्गा कटान गरेको वडाध्यक्ष चरण गुरुङले बताए ।

विस्थापित सवैलाई कानेपोखरी गाउँपालिकाले राहत दिएका थिए । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम, वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ, वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकी, नेकपा गाउँपार्टी अध्यक्ष भोला अधिकारी, राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन पौडेल, राष्ट्रिय युवा संघ कानेपोखरीका अध्यक्ष कुमार फुयल लगाएत राहत वितरणमा पुगेका थिए । गाउँपालिकाले १ बोरा चामल, १ थान त्रिपाल, ओछयाउँने म्याड, नुन, तेल र पकाउने भाडाकुडा लगाएत दिएका थिए । गाउँपालिका अध्यक्ष काफ्लेले यो पहिलो चरणको राहत भएको बताएका छन् ।

pathari pathari-chisang patharii