विराटनगर । संखुवासभाको धर्मदेवि नगरपालिका ८ मा रहेको युवा जागरण अभियान मञ्चले आगलागी पीडितलाई सहयोग गरेको छ । मञ्चले ३ लाख १२ हजार ३ सय ७७ रुपैयाँ आगलागी पीडितलाई सहयोग गरेको हो ।

युवा जागरण अभियान मञ्च धर्मदेवि नगरपालिका वडा नम्बर ८ का सल्लाहकार माधब प्रसाद नेपालले आगालागी पिडित कमला श्रेष्ठ उक्त रकम हस्तान्तरण गरेका थिए । आगोलागी पीडितलाई विभिन्न मनकारी विदेश र स्वदेशमा रहेका व्यक्तिहरूले सहयोग गरेका हुन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा धर्मदेवि नगरपालिकाको नगर प्रमुख रमेस कुमार जिमीको पनि सहभागिता रहेको थियो ।