संखुवासभा / गाउँपालिका वडा नं १ सिसुवाखोलाको बेसिन्दा (चित्रीमुनी) गाउँमा पहिरो गई ११ जना बेपत्ता भएको छन् । तीन जनालाई सकुसन उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पहिरोले चेप्चेवा स्वास्थ्य चौकी भवन क्षति पु¥याएको छ । यस्तै चटेक्मा हाईड्रोपावर हाउस समेतमा क्षति भएको छ । चेपुवा खोलामा भएको पुल बगाउदा आवतजावत बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले ताम्कु प्रहरी कार्यालयबाट ५ जाना र सिसुवा प्रहरी कार्यालयबाट ४ जाना प्रहरीलाई उद्दारका लागि खटाएको छ ।

पहिरोका कारण बिपत्तिमा परेकाहरुको तत्काल उद्दार, ब्यबस्थापन र राहतका स्थानीय प्रशासन, सुरक्षा निकाय साथै गृह मन्त्रालयसंग पहल गरिरहेको लागि प्रतिनिधि सभा सदस्य राजेन्द्र गौतमले जानकारी दिए ।

बेत्ताको विवरण
१ जुद्धबहादुर मानेको परिवार ३ जाना बेपत्ता घर पुर्ण क्षति
२ संन्दिप कुलुङको परिवार २ जना बेपत्ता घर पुर्ण क्षति
३ जुद्धबहादुर गैरीको परिवार २ जना बेपत्ता घर पुर्ण क्षति
४ रामबहादुर कुलुङको परिवार ४ जना बेपत्ता घर पुर्ण क्षति
५ मकरसिं कुलुङको परिवार ३ जाना सकुशल उद्दार घर पुर्ण क्षति
६ भिमबहादुर कुलुङको सकुशल उद्दर घर पुर्ण क्षती