• खेवाहाङ मेवाहाङ

सङ्खुवासभा/ सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोले ८ घर बगाएको छ । सिलिचोङ गाउँपलिका–१ सिसुवाखोला, बेसिन्दामा गएराती गएको पहिरोले ८ घर बगाउँदा ११ जना वेपत्ता भएका छन । 

निरन्तर बर्षाका कारण राती २ बजेतिर पहिरो गएको गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङले बताए । उद्दारका लागि सुरक्षाकर्मीको टोली बाटो लागे पनि बर्षा निरन्तर भइरहेकाले घटनास्थन पुग्न कठिनाई भएकाे छ । पानी नरोकिएको कारण पहिरो जान पनि नरोकिएको स्थानीयवासीले बताएका छन् ।