उर्लाबारी । नगरमा रहेका निजी तथा आवासिय बिद्यालयहरुका कार्यरत शिक्षक तथा कर्मचारीहरुले शैक्षिक सत्र २०७६ को तलव सुविधा तथा चालु शैक्षिक सत्रको बैशाख देखि पेशागत सुनिश्चताको माग गर्दै बुधबार नगर प्याब्सन उर्लाबारीमा ज्ञापन पत्र बुझाएका छन ।

शिक्षक तथा कर्मचारीहरुले नगर स्तरिय संस्थागत बिद्यालय शिक्षक तथा कर्मचारी मञ्च नामक पेशागत संगठन मार्फत उर्लाबारी नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र सुवेदीलाई ज्ञापन–पत्र बुझाउदैँ एक साता सम्म माग पुरा नगरेमा आन्दोलित हुन वाध्य हुने समेत चेतावनी दिएका छन ।

मञ्चका अध्यक्ष शिव भट्टराई र सचिव रमेश बिष्टले संयुक्त रुपमा दस्तखत गरेको उक्त ज्ञापन–पत्रमा विगतको शैक्षिक बर्ष देखि वाकी रहेको सेवा सुविधा एक साता भित्रमा उपलब्ध गराउन र बिद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुको चालु शैक्षिक सत्रको बैशाख देखि पेशागत सुनिश्चता समेत एक साताको अवधीमा गराउन जनाईएको छ ।

नगरमा रहेको तिन दर्जन बढी निजी तथा आवासिय बिद्यालयहरुमा एक हजार बढी शिक्षक तथा कर्मचारी आश्रीत रहेका सो मञ्चले जनाएको ज्ञापन–पत्र हस्तान्तरण कार्यक्रममा अधिकांश शिक्षक तथा कर्मचारीहरुले बिद्यालय संचालकले २०७६ पौष महिना देखि विभीन्न वाहानामा आफुुहरुले पाउनु पर्ने तलव सहितका सेवा सुविधा रोकेर र यो छ महिनाको अवधी आर्थीक संकट एवं मानसिक तनावका कारण विताएको बताएका छन ।

उर्लाबारी नगरपालिकालाई बोदार्थ दिने गरे लेखिएको उक्त ज्ञापन–पत्रमा पश्चात नगर प्याब्सनका अध्यक्ष सुवेदीले केन्द्रिय प्याब्सनको सर्कुलर तथा नगर प्याब्सनको बैठक यसै साता भित्र गरी मागका बिषयमा छलफल गर्ने बताएका छन ।

press-bigyapti111