श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार २१ गते आइतबार, ५ जुलाई २०२० । आषाढ शुक्लपक्षको पूर्णिमा तिथि १०ः०३ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वषाढा २३ः४१ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः१५ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कृषि तथा तत्जन्य व्यवसायमा राम्रै फल प्राप्त होला । स्त्रीपक्षमा रोग देखिन सक्छ । यात्रा कष्टकर देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन मध्यम्खालको छ । मानसिक चिन्ता बढेर जाला । दिनको उत्तराद्र्धमा पूर्वाद्र्धभन्दा कष्ट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) दैनिक काम काजको विषयमा अपजस खप्नु पर्ला । नसोचेको काममा विवादित हुनु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पेटसम्बन्धी समस्या देखापर्नेछ । खानपिनमा विशेष विचार पु¥याउनु होला । प्रेमपक्ष ठीकै देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्त्रीजातिको सहयोगले गरेको काममा सफलता पाइएला । धार्मिक अनुष्ठानमा सरिक हुने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक खर्च बढेर जानेछ । अत्याधुनिक विलासिताका सामग्रीको खरिदमा खर्च बढ्नेछ । प्रेमपक्ष सामान्य छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान प्रतिष्ठा वृद्धि होला । सामाजिक कार्यमा रुचि बढ्नेछ । अध्ययन–अध्यापनको क्षेत्र सफल हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्मविश्वास र पराक्रम वृद्धि होला । बौद्धिकताको विकास हुनेछ । राजनीतिक क्ष्ँेत्रमा सफलता हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक कार्यमा सफलता प्राप्त होला । नया“ नया“ कार्यमा लगानी गरिएला । प्रेमपक्ष सामान्य रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीको प्रभाव बढ्ने देखिन्छ । सामाजिक मर्यादामा अभिवृद्धि होला । शैक्षिक क्षेत्र सामान्य देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका कार्यहरू पूरा होलान् । बोलीको प्रभाव बढ्नेछ । पढाइ, लेखाइमा प्रगति होला । दिन राम्रो छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । प्रेमपक्ष सामान्य रहनेछ ।