• ओम आचार्य

नेकपा एमालेमा हाल सिर्जित घटनाक्रमले जसरी प्रधानमन्त्री केपी ओलीको आफ्नै पार्टीभित्रबाट राजीनामा मागेर पार्टीभित्रको विवाद र द्वन्द्व उत्कर्षमा पुग्दैछ, एमालेभित्रको यो विवाद अब अघोर रूपमा प्रकट हुनेछ ।

दुई अध्यक्ष केपी ओली र प्रचण्डको राजनैतिक पृष्ठभूमि समान जस्तै छ र मुलुकको सर्वोच्च पद प्राप्त गरिसकेका यी शीर्ष नेताहरूमा यस्तो प्रकारको विवाद र द्वन्द्वको सिलसिला चलिरहनुले निश्चय पनि पार्टीको लागि अहित गर्नुका साथै नेताहरूको व्यक्तिगत जीवनमा पनि आँच पु¥याउँछ । त्यसले देशलाई पनि नेक्सानीमा पु¥याउनेछ ।

कम्युनिष्ट पार्टीमा र पार्टीको नेतृत्वमा रहेको सरकारमा आफ्नै पार्टीबाट विपक्षी दलले गर्नेजस्तो व्यवहार गरेर सरकार नै असफल गराउने गरी गरिएको यस्तो प्रकारको वैचारिक द्वन्द्व र आरोप–प्रत्यारोपले देशको राजनीतक भविष्यमा धेरै संशय पैदा गराएको छ र धेरैले भिन्नै राजनीतिक आँकलन गर्न थालेका छन् ।

विश्व राजनीतिमा जहाँ जुन राष्ट्रमा कम्युनिष्ट सरकारको नेतृत्व छ या थियो ती राष्ट्रमा मौजुदा सरकारको मैजुदा पार्टीको विपरीत जाँदा या फरक मत राख्दा घटिने या घटाइने घटना डरलाग्दो भएको तथ्य भए पनि नेपालमा कम्युनिष्टबाट यस्तो प्रपञ्च हुँदैन त ? यसमा हामी विश्वस्त हुन सक्छौं ?

कृष्णबहादुर महरा र गोकर्ण विष्ट यी दुवै राजनीतिज्ञ नेकपा (एमाले) का एकीकरणपूर्वका दुई पार्टीका दुई शीर्षनेताका नजिकका व्यक्तिको राजनीतिक भविष्यमा प्रश्न यही द्वन्द्वकै कारणको रूपमा लिने गरेका छन् र अहिले दुई विचार र सिद्धान्त बोकेको दुई राजनीतिक पार्टीको एकीकरण या एक–अर्कामा विलय जे भनौं यी दुई पार्टी अझै पनि आपसमा समाहित हुन सकेका छैनन् । यसैको परिणाम हो यो वर्तमान स्थिति ।

नेकपा नै प्रतिपक्षमा
जब नेकपाको सरकार बन्यो, त्यो पनि पूर्ण बहुमतको शक्तिशाली सरकार अर्को तिर नेपाली काङ्ग्रेस प्रतिपक्षी । वैधानिक रूपमा प्रतिपक्षी नेपाली काङ्ग्रेस हो र संविधानतः प्रतिपक्ष को नेताले पाउनुपर्ने सुविधाहरू नेपाली काङ्ग्रेसले भोग गर्दैछ तर त्यो प्रतिपक्षको भूमिका त्यसको सक्रियता नेकपाले नै गरिरहेको छ । नेकपाको वर्तमान राजनीतिको विकसित घटनाक्रमले अब नेकपा चीन र रुसको जस्तो कम्युनिष्ट चाहिँ होइन, अहिलेको नेकपाको नेतृत्वबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीलाई कसैको भय वा डर छ भने आफ्नै पार्टीको र आफ्नै पार्टीको अर्का अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललगायतका नेतृत्वबाट छ, नेपाली काङ्ग्रेससँग छैन ।

असफल सरकार
केपी ओलीको नेतृत्वमा सरकारको निर्माण भएदेखि नै यो नेतृत्वको सरकारलाई अधिनायकवाद लादेको आरोप लाग्दै आएको थियो । चरम भ्रष्टाचारको विरुद्धमा सडकमा नाराजुलुस नै लगाएर विरोध गरेको सम्भवतः गणतान्त्रिक सरकारमा यही सरकारमा होला– विचार र अभिव्यक्तिको स्वतन्त्रतामा अङ्कुश लाउन प्रयत्न गरेको, एमसीसीको विषयमा वर्तमान सरकारलाई राष्ट्रघातको आरोप लागेको, हत्या, बलात्कार र कोरोनाको उपचार र रोकथाममा असफल हुँदै गएको तथा १० अर्बको हिसाब खोजेको । यी सबै आरोप वर्तमान सरकारलाई लागेको छ ।

यी सबैको विरुद्धमा ओली सरकारलाई कसैले चोर औंला देखाएको छ भने त्यो नेकपाबाटै दह्रोसँग देखाइएको छ । ओली सरकारले धेरै पटक धेरै विधेयक ल्याउने जमर्को ग¥यो र कति त विधेयक टेबुलसम्म पनि गरे । अन्ततः नेपाली काङ्ग्रेस र आफ्नै पार्टीका सहकर्मी नेताहरूको विरोधका करण फिर्ता लिनुप¥यो । गणितीय हिसाबले ओली सरकार शक्तिशाली भएपनि यी मुद्धामा ओली सरकार निरिह र कमजोर देखिएको छ र यसमा प्रमुख कारक नेकपा नै देखिएको छ ।

सुशासन र नेकपा सरकार
प्रजातन्त्रको लागि सुशासनको ठूलो महŒव छ र यो सुशासन भए जनतामा प्रजातन्त्रप्रति आस्था विश्वास र निष्ठा बढेर आउँछ । जनतामा सरकारमा मै छुु र यो सरकार मेरो हो भन्ने भाव जागृत हुनुपर्छ । सरकारमा बसेका र यसको नेतृत्व लिएकाहरूले जनतासँग गरेका वाचाहरू बिर्सनु हुँदैन र सरकार नीति र कार्यक्रम जनतासम्म पु¥याउने सरकारी संयन्त्रले मालिक होइन, सेवकको भावना बनाउनसके सुशासन दिन सक्छ । सरकार पारदर्शी हुन सक्नुपर्छ । सूचना सम्प्रेषण गर्ने सञ्चारक्षेत्रलाई नै अङ्कुश लाउन उद्यत हुनुहुँदैन जस्तो अहिले भइरहेको छ ।

भ्रष्टाचार हुनुहँुदैन, नियम कानून र संविधानको उल्लङ्घन हुनु हँुदैन । अहिलेको सरकार यी सबै माथिका विकृतिमा अग्रसर छ । सुशासनको अनुभूति दिन सकेको छैन र यही विद्यमान अवस्था रहे नेकपाको भविष्य नदेख्ने नेकपाभित्रकै पार्टीपंक्तिले सुशासनकै लागि प्रजातन्त्र र संविधानको रक्षाकोलागि ओली विरुद्ध उभिएका हुन् । सुशासन प्रजातन्त्रको लागि अपरिहार्य हो र सुशासन विरुद्धको सरकार सही मार्गमा ल्याउने काम नेपाली काङ्ग्रेसको हो, जुन आफै प्रतिपक्षको भूमिकामा रहेपनि त्यो भूमिका निर्वाह गर्न सकेको छैन ।

अहिले नेकपामा सिर्जित परिस्थिति र त्यो परिस्थितिले उब्जाएको द्वन्द्वमा दृश्य अदृश्य मा को को छन् भन्दा पनि यसको अवतरण नायक नारायणकाजी श्रेष्ठ हुनेछन्, आखिर पार्टी प्रवक्ता जो हुन् ।