वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ५ कालाबन्जरस्थित सयपत्री क्लवले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतवार क्लवको आयोजना तथा ब्लु स्काई पार्टी प्यालेस, मामा भान्जा हार्डवेयर, डिभाइन लाइट एकेडमी कालाबन्जर हाल कतारमा रहेका स्थानिय सन्तोष चौधरीको सहयोगमा रक्तदान गरिएको हो ।

वडा नं. ५ को कार्यलयमा गरिएकोे रक्तदानमा ४२ पीन्ट रगत संकलन गरिएको सयपत्री क्लवका अध्यक्ष दयाराम चौधरीले बताए । रक्तदानमा ४० पुरुष २ जना महिलाले रगत दान गरेका थिए ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राविधिक सुरेन्द्रप्रसाद साहको उपस्थितिमा रक्तदान गरिएका क्लवका अध्यक्ष दयाराम चौधरीले बताए ।