धरान / २०६१ सालमा निर्माण भएको फिल्म ‘आँधी तुफान’ को सिक्वेल ‘आँधी तुफान–२’ बन्ने भएको छ ।
पटकथा लेखक तथा निर्माता मौनता श्रेष्ठले फिल्म ‘आँधी तुफान–२’ निर्माण गर्ने भएका हुन् । लकडाउनका बेला पटकथा लेखिएको ‘आँधी तुफान–२’ को छायाङ्कन भदौबाट शुरु गर्ने निर्माता श्रेष्ठले बताए ।

रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्देशक तथा कलाकार छनौटकै क्रममा रहेको बताइएको छ । फिल्म ‘आँधी तुफान’ मा पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए । ‘आँधी तुफान–२’ पनि नारी कथानक हुने बताइएको छ ।