धरान/बलिउडमा सक्रिय रहेकी कलाकार मोडल सभ्यता गिरी अभिनित पसन्द आयाको भिडियो सार्वजनिक भएको छ ।

गिरीको साथमा भूषण पाटिलको अभिनय रहेको छ । जि म्यूजिकले युट्युबमा सार्वजनिक गरेको गीतमा उनीहरूबीच प्रेम र रोमान्सलाई देखाइएको छ ।

युगल जोडीको मनोभावनालाई गीतमा समेटिएको छ । गीतमा प्रतिभा शर्माले स्वर दिएकी छन् भने विपिन दासको शब्द तथा सङ्गीत रहेको छ । भिडियोलाई आनन्द राउतले निर्देशन गरेका हुन् ।