- खेवाहाङ मेवाहाङ
संखुवासभा / जिल्लाका मकालु गाउँपालिका–२ र ५ को सिमामा पर्ने ओयाङमा पहिरो खस्दा त्रास फैलिएको छ । आइतबार गएको पहिरो अरुण नदिमा पुगेपछि त्रास फैलिएको हो । अरुण नदिमा केहि चट्टान र केहि माटो पुगेर नदि केहि मात्रमा थुनिएको छ ।
तर आंशिक रुपमा पुरिए पनि डराउन नपर्ने मकालु गाउँपालिकाकी उपाध्यक्ष चमेली राईले बताईन् । उनका अनुसार मकालु गाउँपालिका–२ सेदुवा क्षेत्र र ५ नम्बर वडाका केहि क्षेत्रमा सुख्खा पहिरो गएको हो । योभन्दा अगाडी पनि पहिरो गई रहने उनले बताईन् । विहान केहि आवाज सहित धुलोको मुस्लो नै उड्ने गरि पहिरो गएको थियो ।
करीब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी नदि थुनिए पनि सुरक्षाको दृष्टिले सामन्य रहेका संखुवासभा प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए । स्थानीय प्रकाश राईको परिवारका सात जना विस्थापित भएको स्थानीयले जानकारी दिएकाछन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै स्थानीयवासी हीरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको छ ।
प्रहरीले अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युतगृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेसी, मनकामनालगायत क्षेत्रका बासिन्दालाई नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय धनकुटाले पनि अरुण नदि थुनिएर एकै चोटी पानी बगेर आउदा धनकुटाका अरुण नदि आसपासका गाउँपालिकाका बासिन्दा प्रभावित हुने भन्दैं सचेत रहन आवहान गरेको छ । सूचना जारी गर्दै कार्यालयले महालक्ष्मि नगरपालिका, पाख्रिवास नगरपालिका, सहिदभुमी गाउँपालिका र साँगुरीगढाी गाउँपालिका नदी तटीय क्षेत्रमा विपत आउने सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।