धरान / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा भएको परीक्षणमा तीन सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमण ८ हजार ६ सय पाँच पुगेको छ ।

शनिबार थप भएका संक्रमितमा दुई सय ८२ पुरुष र ४९ महिला रहेको मन्त्रालयले जानकारी दियो । आज देशभरिबाट १८ महिला र एक सय ५८ पुरुष गरी जम्मा एक सय ७६ जना डिस्चार्ज भएका छन् । हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार पाँच सय ७८ पुगेको गौतमले जानकारी दिए ।