एजेन्सी  / ब्राजिल दश लाख कोभिड–१९ हुने दोश्रो मुलुक बन्न पुगेको छ। गत २४ घण्टामा मात्र एकैदिन सर्वाधिक ५४,००० भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

र, चारदिनदेखि हरेक दिन १२ सय भन्दा बढीको मृत्यु भएको छ। कुल मृत्यु हुनेको सङ्ख्या ४९,००० पुगेको छ। परीक्षणको अभाव भएका कारण वास्तविक तथ्याङ्क अझ बढी हुने र प्रकोप अझ पनि उच्च विन्दुमा पुग्न केही हप्ता बाँकी रहेको विज्ञहरूले बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले महामारी ‘नयाँ र खतरनाक’ चरणमा प्रवेश गरेको घोषणा गरेको केही घण्टापछि ब्रजिलको नयाँ तथ्याङ्क सार्वजनिक भएको हो।
ल्याटिन अमेरिकामा सङ्क्रमण बढ्दो छ। चिली र पेरु लगायतका मुलुकमा सङ्क्रमण चुलिँदो छ।
विश्वमा ८७ लाख ६६ हजारु भन्दा बढि संक्रमित छन् । ४ लाख ६२ हजार भन्दा बढिको हालसम्म ज्यान गएको छ ।
अमेरिकामा २२ लाख ९७ हजार भन्दा बढि संक्रमित छन् । १ लाख २१ हजार बढिको ज्यान गएको छ । बढि संक्रमित हुने देश रसिया तेश्रो स्थानमा छ । ५ लाख ६९ हजार बढि संक्रमित छन् । ७ हजार ८ सय ४१ जनाको ज्यान गएको छ । चौथो स्थानमा भारत पुगेको छ । भारतमा ३ लाख ९६ हजार बढि संक्रमित पुगेका छन् । १२ हजार ९७० जनाले ज्यान गइसकेका छन् ।