सिरहा । सिरहामा प्रमुख जिल्ला अधिकारी र एसपीको पीसीआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीको रिपोर्ट ’नेगेटिभ’ आएको छ ।

गत बुधबार उनको गाडी चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि एसपी चतुर्वेदीको स्वाब संकलन गरी काठमाडौं प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागार्ईंको पनि रिपोर्ट निगेटिभ आएको छ । कोरोना संक्रमित चालक र अंगरक्षक धनगढीमाईस्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेशनमा उपचाररत छन् ।