धरान / राष्ट्रिय मुस्लिम आयोग नेपालद्वारा गठित जिल्लास्तरीय अनुगमन समिति सुनसरीले सीमावर्ती क्षेत्रमा थप निगरानी बढाउन आग्रह गरेको छ ।
भारतबाट कोही कोरोना संक्रमित व्यक्ति भित्रिन नदिन सुरक्षाकर्मीले निगरानी बढाए पनि सीमावर्ती क्षेत्रका बासिन्दा चोरबाटो हुँदैं आवतजावत गर्ने क्रममा जारी रहेकोले थप निगरानी बढाउन अन्सारीले आग्रह गरेका हुन् ।
सीमामा २४ घण्टा नै सशस्त्र प्रहरीले निगरानी बढाए पनि खुला सीमा नाकाको चोरबाटो हुँदै आवतजावत हुने क्रम रोकिएको छैन् ।
सीमा सुरक्षा बल सुनसरीले विगतको भन्दा सीमामा अहिले व्यापक जनशक्ति बढाउदै निगरानी तथा गस्ती बढाएको छ । सुनसरीका सीमावर्ती क्षेत्रमा अहिले ५६१ जना सशस्त्र प्रहरी परिचालन गर्दै निगरानी गर्दै आएको सीमा सुरक्षा बल सुनसरीले जनाएको छ ।