यासोक । तराइलाई छोटो दुरिमा जोड्ने एक मात्र सडक हो तमोर कोरिडोर । यो सडकबाट पूर्वीपहाडदेखि तराई र तराइदेखि पहाड आवत जावत हुने गर्दछ । तर सरकारले लड डाउन गरेको अवस्थामा पनि यो क्रम बढ्न थालेपछि गाउँपालिकाले कडाइ गरेको छ ।
लक डाउनको समयमा पाँचथर र तेह्रथुम जिल्लाको बिभिन्न स्थानीयतहमा आवत जावत गर्ने नागरिकको संख्या बढ्ेको भन्दै गाउँपालिकाले कडाइ गरेको हो । जिल्लाको तुम्बेवा र धनकुटाको चौबिसे गाउँपालिका स्थीत नावा खोलामा प्रहरी परिचालन गरी निगरानी बढाइएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । तमोर र खोलामा सड्को प्रयोग गरी माछा मार्ने, अनावश्यक भीडभाड गर्ने गतिविधि बढेको भन्दै गाउँपालिकाले प्रहरी परिचालन गर्नु परेको हो ।
सो स्थानमा उच्च निगरानी बढाउन इलाका प्रहरी कार्यालय मैवा र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी खटाइएको छ । त्यस्तै स्वायम सेवक र स्वाथ्यकमी परिचालन गरी हेल्प डेक्स समेत स्थापना गरेर स्वास्थ्य परिक्षण गर्दै आएको अध्यक्ष थापाको भनाइ छ । तमोर कोरिडोर सड्कको प्रयोग गरी अन्य जिल्ला र गाउँपालिकाबाट प्रवेश गर्ने नागरिकको निगरानी गर्दै आएको गाउँपालिकाले जनाएको छ । सडक आसपासमा रहेका झोलुङगे पुल र ग्रामिण सडकमा प्रहरी र स्वायम सेवक परिचालन गरी गस्ती गर्दै आएको कार्यालयले जनाएको छ ।