यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाको क्वारेन्टाइनमा ६१ जनाको कोरोना परीक्षण नेगेटिभ (संक्रमण नभएको) रिपोर्ट आएको छ ।
गाउँपालिकाको सात वटा क्वारेन्टाइनमा रहेका ६१ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई होम क्वारेन्टाइनमा पठाएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । उनीहरू काठमाडौंलगायत विभिन्न जिल्लाबाट गाउँपालिका प्रवेश गरेका थिए ।
गाउँपालिकाले ६ वटा क्वारेन्टाइन स्थापना गरेको छ । कुम्मायक १ नम्बर वडाको क्वारेन्टाइनमा २६ जना, २ मा १४ जना, ३ मा ५ जना र ४ नम्बर वडामा १६ गरी ६१ जनाको परीक्षण गरिएको हो । यसअघि पनि गाउँपालिकाले १७ जनाको कोरोना परीक्षण गरेको थियो । उनीहरूको पनि परीक्षण नेगेटिभ आएपछि संक्रमणको जोखिम कम भएको कार्यालयले जनाएको छ ।