धरान । बलिउड अभिनेत्री तथा अमेरिकी गायक निक जोनाससँग विहे गरेकी प्रियङ्का चोपडासँग पहिलो विहे आफूले गरेको एक युवाले दाबी गरेका छन् ।

ब्राण्डोन स्चुस्टरले भारतीय संस्कृतिअनुसार सन् २०१४ मै प्रियङ्कासँग विहे गरेको दाबी गरेका हुन् । उनले ट्वीटरमा सेयर गर्दै ‘आफूले सन् २०१४ मै प्रियङ्कासँग विहे गरेको’ खुलाएका छन् । उनले आफूहरूको विहेको बारेमा भारतीय मिडियाले समाचार पनि लेखेको उल्लेख गरेका छन् ।

Brandon_tweeter_Priyanka

विहेको भोलिपल्टै आफूले भारतीय मिडियामा ‘एक्सक्यूलिसिभ’ अन्तरवार्तासमेत दिएको दाबी गरेका छन् । यो संदेह जगाउने यो विहेका विषयमा खोजी गर्दा सन् २०१४ मा भएको भेटमा ब्राण्डोनले प्रियङ्कालाई पुष्पहार आदानप्रदान गरेका थिए । यस विहेको बारेमा अभिनेत्री प्रियङ्काले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

बास्तविक विहे चाहिँ प्रियङ्काले सन् २०१८ मा अमेरिकन गायक निक जोनाससँग गरेका थिए । त्यो बेला इसाई र हिन्दू धर्मअनुसार नै उनीहरूबीच विहे भएको थियो । हाल उनीहरू एकदमै खुशी छन् ।