धरान / शुक्रबार साँझ ६ बजेतिर होला चैनपुर–७ का हाङ्लुङका छत्रबहादुर रम्तेललाई फोन आयो । त्यो फोन छुट्टै बस्दैं आएका जेठा छोरा कुमार रम्तेलको थियो । त्यो कल छोराले छत्रबहादुरलाई घरमा बोलाएको थियो ।
सोझा स्वाभावका करिव ५२ बर्षे छत्रबहादुर छोराले किन बोलाएछ भनेर ७ बजेतिर छोराको घरमा पुगे । छोराको घर पनि नजिकै थियो । किन बोलायो छोराले भनेर उनी छोराको घरमा पुगे । घरमा पुगेर उनले किन बोलाएको छोरा भनेर समेत भन्न नपाई ३२ बर्षीय छोरा कुमारले एक्कासी खुकुरी दापबाट झिकी छत्रबहादुर माथि प्रहार गरे । उनले यति निर्दयी भएर खुकुरी प्रहार गरेकी छत्रबहादुरको शरिरमा कही खाली भएन । टाउको, ढाड, अनुहार, कान, हात जताततै खुकुरी प्रहार गरे । उनको औला नै छिनिएका छन् ।

जताभावी खुकरी प्रहारबाट उनी ५ मिनेटमै बेहोस भएर ढले । पहाडमा छिमेकीको घर अलिक टाडा हुने भएकाले कसैले थाहा पाएनन् । उनले हारगुहार गर्ने मौका पनि पाएनन् । खुकुरी प्रहार गरि कुमार त्यहाँबाट भागे । घर कुमारकी श्रीमति दुर्गामायालाई पनि दिउँसै कुटपिट गरेर खेदेका कारण छिमेकीको शरणमा रहेछिन् । ८ बजेतिर काइला छोरा र माइला छोरा कुमारकोमा पुग्दा बुबा रगताम्मे देखेर मलाई(वडा अध्यक्ष) खवर आयो ।
उनलाई तत्काल उद्धार गरि चैनपुर बजारमा रहेको प्राथामिक स्वास्थ्य उपचार केन्द्रमा प्राथामिक उपचारका लागि भर्ना गरियो । तीन घण्टासम्मको उपचार पछि उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम्बुलेन्समा हालेर पठाइयो । १२ बजेसम्म उनको होस आएको थिएन ।

को हुन छत्रबहादुर
छत्रबहादुर एक सामान्य मजदुर हुन । उनका ४ भाई छोरा थिए । साइलो र कान्छो छोरा उनीसँगै बस्दैं आएका छन् । उनी अर्काको घरमा श्रम गरेर बनीमुतो गरेर जीविकोपार्जन गदैं आएका थिए । उनी गाउँमा आँखामा राखे पनि नविझाउने मान्छे थिए । कसैलाई भनेर नविझाउने मान्छे थिए । छोराहरुसँग पनि हालसम्म कुनै झै झगडा लेनदेनको समस्या भएको सुनिएको थिएन ।

अभियुक्त जंगलमा भेटियो
घट्नाको विषयमा वडा अध्यक्ष पदमबहादुर तामाङले घटनास्थल पुगेलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थल पुगेर कुमारको खोजि गरेको थियो । कुमारको फोनमा सम्पर्क गर्दा आफु जंगलमा भएको जानकारी गराएका थिए । जंगलमा पुग्दा उनी रुखको टुप्पोमा पुगेर बर्बराउदैं बसेको पाइएको थियो । उनलाई फकाएर रुखबाट झारी प्रहरीले नियन्त्रणमा लिएको छ । उनी अझै पनि बर्वराइरहेका छन् । अझै कुट्ने मार्ने कुरा गरिहेकाले उनीले मानसिक संन्तुलन गुमाएको हुने सक्ने प्रहरीले अनुमान गरेको छ । विहानैदेखि अलिक मानसिक ठिक नभएजस्तो व्यववहार देखाएको खुलेको जिल्ला प्रहरी प्रवक्ता इन्स्पेक्टर सन्तोष राईले जानकारी दिए । 'श्रीमतिलाई पनि कुटेर खेदेको पाइयो ।’–प्रवक्ता राईले भने–‘उनीहरुको यस अघि कुनै मनमुटाव भएको पाइएन । पक्राउ परेका कुमारलाई सोधपुछ गर्ने काम भइरहेको छ ।

घाइतेको वीपी प्रतिष्ठानमा उपचार हुदैं
छत्रबहादुरलाई विहान ६ बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको छ । उनको शरिर भरी चोट लागेको पाइएको र उपचार भइरहेको प्रतिष्ठानका आकस्मिक कक्षका इञ्चार्ज डा. ज्ञानेन्द्र मल्लले जानकारी दिएका छन् । उनको शरिर भरी चाेट भएकाे पाइएकाे डा. मल्लले जानकारी दिए ।

(चैनपुर नगरपालिका ७ नं. वडाका वडा अध्यक्ष पदमबहादुर तामाङसँगकाे कुराकानीमा आधारित)