धरान / संखुवासभाको चैनपुरमा एक युवाले आफ्नै बाबुलाई काटेका छन् । चैनपुर–७ का छत्रबहादुर रम्तेललाई उनका जेठा छोरा कुमार रम्तेलले खुकुरीले मरासन्न हुने गरि काटेर घाइते बनाएका छन् ।
चैनपुर नगरपालिका–७ का वडा अध्यक्ष पदमबहादुर तामाङका अनुसार हिजो राती ७ बजे छत्रबहादुरलाई घरमा बोलाएर आउने वितिकै खुकुरीले जताभावी काटेका थिए । कुमारले श्रीमति दुर्गामायालाईसमेत दिउसै कुटेर खेदेर बेलुका बाउलाई काटेको बताइएको छ ।
कुमारले बाउलाई मरासन्न हुने गरि काटेर फरार भएका थिए । केही समय पछि माइला छोरा प्रेमले उद्धार गरि राती ९ बजे प्राथामिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो । उनको हात, टाउको, लगायत शरिरै भरी काटेको चोट छ । राती १२ बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । उनको होस आएको र उपचार भइरहेकाे प्रतिष्ठानको आकस्मिक विभागका विभागीय प्रमुख डा. ज्ञानेन्द्र मल्लले जानकारी दिए ।
कुमारलाई राती १२ बजे नजिकको जंगलबाट रुखमा चढेर बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएको छ । बाबुलाई काट्नुको कारण अझै खुलेको छैन् । प्रहरीका अनुसार कुमार मानसिक विमारी भएको हुन सक्ने बताएका छन् ।