राेल्पा / रोल्पाको त्रिवेणी गाउँपालिका गैरीगाउँका बालबालिका जंगलबाट बाख्रा चराएर घर फर्कदैं थिए । उनीहरु एकैघरका दिदीभाइसहित चारजना थिए । बाँस बस्न घर फर्कदैं गरेका उनीहरु पुग्न पाएनन् ।

रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँनजिक बम विस्फोटमा परी एकैघरका दिदीभाइसहित चार बालबालिकाको विहीबार मृत्यु भएको थियो । गैरीगाउँका ११ वर्षीया विमला खत्री, उनका पाँच वर्षीय भाइ विजय खत्री, छिमेकी १४ वर्षीय नोखिराम डाँगी र १३ वर्षीय गौरव नेपाली अव कहिल्यै घर नफर्कने भएका छन् ।

जंगलमा बाख्रा चराएर घर फर्किँदै गर्दा बिहीबार साँझ उनीहरू बाटोमा विस्फोटमा परेका हुन् । बम घटनास्थलमै थियो अथवा उनीहरूले जंगलमा भेटेर ल्याएका थिए भन्ने पुष्टि हुन नसकेको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बताए । तर, घटनास्थलमा अर्को बम पनि भेटिएको छ ।

बालबालिका विस्फोटमा परेकै ठाउँमा ०६२ मा भिडन्त भएको जानकारहरुले बताएका छन् । बालबालिका विस्फोटमा परेकै ठाउँ गैरीगाउँको दुम्लाखोलामा ०६२ मा तत्कालीन नेकपा माओवादी र शाही सेनाबीच भिडन्त भएको हो । सो भिडन्तलाई ‘दुम्ला भिडन्त’ भनेर चिनिदैं आएको छ । भिडन्तमा तत्कालिन माओवादी सेनाका कम्पनी कमिसार तथा पूर्वराष्ट्रिय सभा सदस्य राजकुमार कुँवर घाइते भएका थिए । त्यहाँ सेनासँग ०६२ को ११ पुसमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भिडन्त भएको बताइएको छ ।

‘बिहीबार टुइन्च मोर्टार बम विस्फोट भएको थियो । त्यो भिडन्तमा तिनै हतियारहरु प्रयोग भएका थिए ।

gaerigau_tila bazar

घटनास्थल नजिककाे टिला बजार ।