धरान । बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ ।

उनको बुधबार अचानक स्वास्थ्यमा गडबडी देखिएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । बुधबार मात्रै ५४ वर्षको उमेरमा इरफान खानको मृत्यु भएको थियो । बिहीबार उनको मृत्यु भएको उनका भाइ रणधीर कपुरले ट्वीटमार्फत् जानकारी गराएका छन् ।

उनको स्वास्वप्रश्वासनको समस्याले ग्रसित रहेको रणधीरले जानकारी गराएका थिए । बिहानसम्म ठिकै अवस्थामा रहेका उनको अचानक निधन भएको खबर बाहिरिएको छ ।