धरान । वैदेशिक रोजगारीमा बहराइन पुगेका नेपालीहरूलाई कोरोनाबाट संक्रमित बन्न पुगेका छन् । बहराइनमा एकै दिन ७७ जना नेपाली कोरोनाबाट संक्रममित बन्न पुगेका छन् ।

नेपाली राजदूतावासका अनुसार ४ वटा कम्पनीमा कार्यरत रहेका नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट गल्फ देशमा एक जना नेपालीको मात्रै मृत्यु भएको छ । दुबईमा कार्यरत धरान डेरा गरी बस्ने अमर राईको कोरोनाका कारण मृत्यु भएको हो ।

दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा विभिन्न कम्पनीमा कार्यरत रहेका नेपालीहरूलाई एकै दिन कोरोनाले संक्रमण गरेको हो । यससँगै बहराइनमा १ सय २६ जना नेपाली कोरोनाबाट संक्रमित बनेका छन् । यसअघि ४९ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।

बहराइनमा हालसम्म कोरानाका कारण ७ जनाको मृत्यु भइसकेको छ भने १ हजार १६२ जना कोरोनाबाट संक्रमित छन् ।