ब्लाष्टखबर । विश्वमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ लाख ११ हजार ७६८ पुगेकाे छ । ३० लाख ७३ हजार ६०३ संक्रमित पुष्टि भएकाेमा नाेकाे भएर घर फर्केकाहरू भने ९ लाख २४ हजार ६५१ रहेका छन् । निकाे भएका र मृत्यु भएका गरी विश्वमा ११ ला ३६ हजार ४१९ काेराेना संक्रमितकाे केसहरू बन्द भएका छन् । बन्दभएका केसहरूमा ८१ प्रतिसत संक्रमित निकाे भएका छन्, भने १९ प्रतीसतकाे मृत्यु भएकाे हाे । 

सन्सारभर हिजाे मात्र ४ हजार ५३२ जनाले ज्यान गुमाएका छन् । जसमा अमेरिकामा ३० .५४ प्रतिसतले ज्यान गुमाएका थिए ।

विश्वमा यतिवेला १९ लाख ३७ हजार १८४ जना काेराेना संक्रमितकाे उपचार भइरहेकाे छ । जसमा ९७ प्रतिसत संक्रमितकाे अवस्था मध्यम रहकाे छन् भने बाँकी ३ प्रतिसत अच्च जाेखिममा रहेका छन् ।

विश्वभरी रहेका काेराेना संक्रमितहरूमध्याे ३२.९० प्रतिसत संक्रमितका घटना अमेरिकामा देखिएकाे छ । अमेरिकामा  १० लाख १० हजार ५०७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जसम मध्याे ५६ हजार ८ सय ३ जनाकाे मृत्यु भइसकेकाे छ, भने १ लाख ३९ हजार १ सय ६२ संक्रमित निकाे भएका छन् । जुन बन्द भएका केसहरूकाे ७१ प्रतिसत हाे । अमेरिकामा ४ दिन अघि हलसम्मकै अत्याधिका ३८ हजार ९ सय ५८ जना सक्रमित पुष्टि भएकाेमा हिजाे भने मार्च ३० यताकै सबैभन्दा कम २३ हजार १ सय ९६ जना संक्रमित भेटिएका थिए ।

मार्च १३ मा बन्द भएका केसहरूमध्ये ८४.२१ प्रतिसतकाे मृत्यु भएकाे थियाे भने, याे अाकडा क्रमीक रूपमा सुधार हुदैँ अप्रिल २७ सम्मा २९.०१ प्रतिसतमा झरेकाे छ । अमेरिकामा  हिजाेमात्र १ हजार ३ सय ८४ जनले ज्यान गुमाएका थिए  ।

विश्वमा संक्रमितका घटनाहरूमा अमेरिका पछि दाेस्राे स्थानमा रहेकाे युराेपिन देश स्पेनमा  २ लाख २९ हजार ४२२ जनामा संक्रमण प्रष्टि भएकाे छ । जुन विश्वका संक्रमितहरू मध्याे ७.४७ प्रतिसत हाे । यहाँ हाल सम्म २३ हजार ५२१ जनाकाे मृत्यु भएकाे छ । भने १ लाख २० हजार ८३२ जना  निकाे भएका छन् ।

यहाँ बन्द भएका केसहरूमध्ये मार्च ७ मा भने ५० प्रतिसत थियाे २४ मार्चमा ४४. ०८ प्रतिसत रहकाे अकडा निरन्तर घटेर १६. २९ प्रतिसत मृत्युदर रहेकाे छ ।   उपचार भइरहेका हरूमध्याे ९१ प्रतिसतकाे अवस्था मध्यम रहकाे छ भने ९ प्रतिसतकाे अवस्था गम्भिर रहकाे छ ।

त्यस्तै तेस्राे स्थानकाे इटाली १ लाख ९९ हजार ४ १४ संक्रमित रहका छन् । जुन विश्वका संक्रमितहरू मध्याे ६.५० प्रतिसत हाे । यहाँ हाल सम्म २६ हजार ९ ७७ काे मृत्यु भइसकेकाे छ, भने ६६ हजार ६ २४ जना निकाे भएर घर फर्केका छन् ।

फेब्रुअरी २१ बन्द भएका केसहरूमा ५० प्रतिसत मृत्यु दर रहेकाेमा तीन दिमा बढेर फेब्रुअरी २४ मा  ८७.५० प्रतिसत पुगेकाे थियाे । मर्च २५ मा ४४ .०३ मृत्युदर रहेकाे मा निरन्तर संगै  अप्रिल २७ मा २८ .८२ प्रतिसत रहकाे छ ।

 नेपालसंग सिमाना जाेडिएकाे भारतमा भने २९ हजार ४५१ जना काेराेना संक्रित पुष्टि भएकाे छ । जुन विश्वमा पुष्टिभएका काेराेना संक्रमितहरू मध्ये ०.९९ प्रतिसत हाे । भारतमा हाल सम्म ९३९ जनाकाे मृत्यु भैसकेकाे छ, भने ७ हजार १३७ जना निकाे भएर घर फर्केका छन् ।जससंगै ८ हजार ७८ वटा संक्रमित केस भारतमा बन्द भएका छन् । बन्द भएका केसहरूमा मार्च २६ मा सबै भन्दा उच्च ३०.७७ प्रतिसत मृत्य्रदर रहेकाेमा निरन्तर घटेर अप्रिल २७ सम्म अाइपुग्दा ११.९० प्रतिसत रहेकाे छ । भारतमा दैनिक १५ सयकाे हाराहारीमा नयाँ संक्रमित देखीएका छन् ।