लकडाउनको समयमा धनकुटाको बजार क्षेत्रमा रागाँ आतंक मच्चिएको छ ।
धनकुटा नगरपालिका वडा नं.७ चाम्जीबुङ्गबाट धनकुटा बजार ल्याउँदै गरेको राँगा डोरीबाट उम्किएक पछि बजारमा आतंक मञ्चिएको हो ।

डोरीबाट उम्किएको रागाँले ७ नम्बर वडाकै त्रिबेणी चोक नजिकै उत्पात मचाउन थालेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट रागाँ पक्रिन एक गाडी प्रहरी परिचान गर्नु परेको थियो । डोरीबाट उम्किएको रागाँ जनाभावी उफ्रिने थालेपछि त्यहाँका स्थिानियहरु आतंकित बनेका थिए ।

डाँडागाउँ बरढाङटोलबाट औषधी लिन आएका ८९ वर्षिया खड्गबहादुर सुर्जे मगरलाई राँगाले हान्दा घाईते भएका छन् । उनलाई त्रिवेणी चोक नजिकै रागाँले हानेको थिए । घाइते भएका मगरलाई जिल्ला अस्पताल धनकुटाको आकस्मिक कक्षमा राखि उपचार गरीदै छ ।

मान्छे हानेर बिच्किएको राँगा धनी र स्थानियले समाउन नसके पछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी झिकाइएको थियो ।

प्रहरी र स्थानिय भएर टाडैदेखी घेरा हालेर दानाको बोटमा डोरीको साहयताले टाउँको र खुट्टामा वाँधेर राँगा नियन्त्रण लिइएको थियो । राँगालाई नियन्त्रणमा लिन प्रहरी र गाउँलेलाई झण्डै २ घण्टा लागेको थियो ।