धनकुटा / लकडाउनको समयमा गाउँबाट वजार ल्याउँदै गरेको राँगा उम्किदा आइतबार धनकुटा वजारमा आतंक मच्चाएको छ । राँगा आतंक नियन्त्रण गर्न प्रहरीसमेत परिचालन गर्नु परेको थियो ।

pic-3
धनकुटा नगरपालिका वडा नं.७ चाम्जीबुङ्गबाट धनकुटा वजार ल्याउँदै गरेको राँगा डोरीबाट खुस्किएर बजार छिरेपछि आतंङ्गक सृजना गरेको हो । धनकुटा नगरपालिका वडा नं.७ त्रिबेणी चोक नजिकै प्रेसर र सुगरको औषधी लिन हुलाकटोल आइरहेका ८९ वर्षिया खड्गवहादुर सुर्जे मगर राँगाकोआक्रमणले घाइते भएका छन् । धनकुटाको चौविसे गाउँपालिका वडा नं.३ कुरुलेतेनुपाको सोगुम घर भएका मगर पछिल्लो समय औषधी उपचारको लागी सदरमुकाम धनकुटा वजारमा बस्दै आएका थिए ।

pic-1 (1)
उनी आफ्नो डेरा धनकुटा–७ डाँडागाउँ वरढाङटोलबाट औषधी लिन आउने क्रममा अचानक त्रिवेणी चोक नजिकैको बाटोमा राँगाले हानेर घाइते भएका हुन् । मगरलाई बाटो देखी १ कान्ला तल झारिदिएको थियो ।गाउँबाट ल्याउँदै गरेको राँगा डोरीबाट खुस्किएर जताभावी भाग्ने क्रममा मगरलाई हानेको थियो । मान्छे हानेर बिच्किएको राँगालाईनियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय धनकुटाले एक गाढी प्रहरी परिचालन गरेको थियो । राँगा धनकुटा–७ का राजेश राईले गाउँबाट वजार ल्याउने क्रममा त्रिवेणी चोक नजिकै खुस्किएको थियो ।

pic-5
दुई घण्टा पछि राँगानियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।घाइतेका जिल्ला अस्पताल धनकुटाको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

pic-2 (1) pic-6