दमक / फागुन २८ गते भारतको नयाँ दिल्लीमा नमाज पढेर फर्केका झापाकाएक व्यक्तिमाा कोरोना भाइरस संक्रमण भेटिएको छ । योसँगै संक्रमितको संख्या झापामा २ र नेपालमा ५२ पुगेको छ ।
झापाको बाह्रदशी गाउँपालिका वडा नं ४ मा होम क्वारेण्टाईनमा बसेका ५० बर्षीय त िब्यक्तिको गाउँपालिकाले निगरानी राखेको थियो । उनलाई अहिले विराटनगर स्थित कोरोना विषेश अस्पताल पठाउने तयारी गरिएको छ ।
आरडिटी परीक्षणमा नेगेटिभ आएपछि उनको परिवारमा कुनै परीक्षण नगरिएको र अव पिसीआरमा पोजेटिभ आएपछि परिवार सहित छर छिमेकीको समेत स्वास्थ्य परिक्षण गरिने गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजबशींले बताए ।
अहिले संक्रमित क्षेत्रमा सुरक्षा व्यवस्थ पनि कडा पारिको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार त्यस क्षेत्रलाईशिल गरिएको छ ।
सोमबारबाट संक्रमित ब्यक्तीको ट्राभल हिष्ट्रि तयार गरेर सोहि अनुसार परिक्षण गरिने गाउँपालिकाले जनाएको छ । जसका लागि आवश्यक किट र जनशक्तीका लागि प्रदेश सरकारमा समेत खवर गरिसकिएको स्वास्श्य शाखा प्रमुख शाहले बताए ।