ब्लाष्टखबर । वीरगञ्जमा महानगरपालिकामा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित पुष्टि भएकाे छ ।
महानगरपालिकाकाे वडा नम्बर ३ र १६ का २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण एक पुष्टि भएकाहरूमा महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्र भने, अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो । सरसफाइ शाखामा कार्यरत कर्मचारी कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि
यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।