ब्लाष्टखबर । गत फागुनमा रिलिज भएको चलचित्र ‘लभ डायरिज’ २ महिना नबित्दै युट्युबमा सार्वजनिक भएपछि  यतीबेला युट्युब ट्रेडिङकाे १ नम्बरमा रहकाे छ । काेराेनाका कारण हिरी देशको शो रद्द भए पछि युट्युबबाट नै रिलिज  गरीएकाे उक्त चलचित्र यतिबेला  युट्युब ट्रेण्डिङकाे १ नम्बरमा अाउन सफल भएकाे हाे । 

सौरभ देव चौधरीकाे निर्देशन विनोद सापकोटाले निर्माण शाहिल खान सहायक निर्देशनमा बनेकाे उक्त चलचित्रमा मुख्य अभिनेता सुशिल श्रेष्ठ र नव-नायिका रुविना थापाका साथै विश्वजित रिमालकाे पनि अभिनय रहेकाे उक्त चलचित्रका  लकडाउनमा थुनिएर बसेका दर्शकलाई लक्षित गरेर चलचित्र युट्युबमा राखिएकाे निर्देशक  चौधरीले बताए ।

उक्त चलचित्रले यतिबेला १२ लाख ८५ हजार भन्दा बढि दर्शक पाएकाे छ । युट्युब  रिलिज भएको दुई देखी नै यस चलचित्र युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा उक्लिएको छ ।

जसमा चलचित्रलाई ४३ हजार बढिले लाइक समेत गरेका छन् । भने चलचित्रको लागि आएका साढे ४ हजार प्रतिक्रिया उत्साहजनक छन् । दर्शकहरूले मुख्य अभिनेता सुशिल र नव-नायिका रुविनाकाे लुक्स र अभिनयकाे खुलेर प्रशंसा गर्नुका साथै निर्देशक चौधरीकाे निर्देशन पनि प्रशंसा गरेका छन् ।