ब्लाष्टखबर । धरान ११ कल्याण चोकमा डेरा गरी बस्ने अमर बान्तवाकाे कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएको छ ।

 मृत्युकाे खबर पाएकाे एक साता अघि श्रीमतीलाई काेराेना संक्रमणका कारण क्वारेन्टइनमा रहकाे बताएका अमरकाे एक साता अघि  दुबई  स्थित अमेरिकनअस्पतालमा निधन भएको  उनकी श्रीमती हरीमाया राई बताइन् । 

मृतक राईकाे कोभिड १९ काे संक्रमणबाट मृत्यु भएको मेडिकल रिपोर्ट उनि कार्यरत कम्पनीले परीबारलाई पठाएको बताउदै वडा नं ११ का वडा सदस्य कृष्णप्रसाद रिजालले अमरको शव दुबईमा नै अन्त्येष्टि गरिने र त्यसको लागि स्वीकृतिको सिफारिश पनि वडाले उपमहानगरमार्फत पठाइएको बताएका छन् । 

उक्त सिफारिश पत्र दुताबासमा पठाउने गरी उपमहानगरपालिकाबाट पनि परराष्ट्र मन्त्रालयमा पठाइसकेकाे उपमेयर मञ्जु भण्डारी सुवेदीले बताएकी छिन्  । दुबईमा सेल्सम्यानकाे रूपमा कार्यरत मृतक राईको परिवारमा श्रीमान, श्रीमती बाहेक उनका बुबा र छोरी रहेकाे वडा सदस्य रिजालले  बताए ।