उर्लाबारी / नगरसगँ सिमा जोडिएको दमक नगरपालिकामा कजना पोजेटिभ भेटिएपछि छिमेकनिगर उर्लामारीमाचिन्ता बढेको छ । उर्लाबारी नगरपालिकाले शुक्रबार आकस्मिक बैठक गरी नगर प्रवेशमा थप कडाई गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा भएको सरोकारवालसँगको बैठकले २४ घण्टा नै नगर प्रवेश गर्ने मुख्य तीन नाकामा स्वस्थ्यकर्मीसहितको टोली परिचालन गर्ने निर्णय गरी कडाई साथै चेकजाचँका क्रममा कोरोनो भएको शंका लागेमा स्थानिय मंगलबारे अस्पतालमा आरडि चेक गर्ने निर्णय समेत भएको नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीले बताएकी छन । नगरको पूर्वी क्षेत्र मावा पुल, पश्चिमको सुनझोडा खोला र दक्षिणी तर्फको दुर्गापुरीमा पिपिई लगाएका थर्मल गनसहितका स्वस्थ्यकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

सोही बैठकले अप्ठेरो व्यवस्थापन गर्न ५ सदस्यीय संकट व्यवस्थापन समिति समेत गठन गरेको छ ।मेयर संयोजक रहेको समितिका सदस्यहरुमा नगपालिकाका निमित्व प्रमुख प्रशासकिय अधिकृत मुरारीप्रसाद घिमिरे, स्वस्थ्य शाखाका संयोजक तोयानाथ घिमिरे, ईलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुवास राई र शशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारीर्का न्स्पेक्टर मात्रिका पौडेल रहेका नगरपालिकाले जनाएको छ ।