दमक/झापाको दमक-३ स्थित जनता चोक निवासी ६२ वर्षे पुरुषमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको छ । यो सगै नेपालमा कोरोनाका संक्रमितको संख्या ४९ पुगेको छ ।
बिहीवार दमक नगरपालिकाले गरेको र्यापिड डाईग्नोस्टिक टेस्टमा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । आरडिटीको रिपोर्टपछि सुक्रबार बिहान दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खड्ग फागोले स्वाब परिक्षणका लागि धरान स्थित बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिस्ठान गएका थिए । बिपीमा गरिएको स्वाब परिक्षणमा ३ जना मध्ये १ जनाको स्वाब रिपोर्ट पोजेटिभ आएको दमक नगरपालिकाको स्वास्थ शाखाले जनाएको छ ।
एक महिना अघि यु ए इ ( दुबई) बाट फर्केका २८ वर्षे छोरामा पहिलो पटक गरिएको आर डि टि परिक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछी परिवारका अन्य सदस्यको समेत परिक्षण गरिएको थियो । सो परिक्षणमा ती युवाको आमा र बाबुको रिपोर्ट पोजेटिभ तर उनकी श्रीमतिको भने नेगेटिभ आएको थियो ।
दमकमा पहिलो संक्रमित नै परिवारमा देखिएकाले स्वास्थ सुरक्षामा थप चुनौती बढेको छ । दमक नगरपालिकाले संक्रमित ब्यक्तिहरुको ट्राभल हिस्टोरि तयार गर्ने सुरु गरेको जनाएको छ । संक्रमण देखिएको क्षेत्रमा थप कडाई गरिएको छ ।सो घर बिहिबार बेलुका देखि नै सिल गरिएको र शुक्रबार सो गाउँ र नजिकै रहेको भुटानी शरणार्थी सिबिर समेत सिल गरिएको दमक ३ का वडा अध्यक्ष नवीन बरालले बताए ।