धरान / धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै एक सय बेड आइसोलेसनसहितको कोरोना अस्पताल तयार भएको छ ।
पूर्नस्थापना केन्द्रलाई प्रतिष्ठानले कोरोना अस्पतालको रुपमा तयारी गरेको हो । प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा. गौरिशंकर साहको विशेष सकृयतामा अस्पतला निर्माण गरिएको बताइएकाे छ । ।
सरकारले संचालन गरेको पुनस्थापन केन्द्रमा हाल विमारी थिएनन । पुर्नस्थापना केन्द्रमा अहिले फिजियोथेरापीको उपचाार भइरहेको थियो । उक्त सामाग्री अन्यत्र सारेर कोरोना अस्पताल तयार गरिएको अस्पताल निर्देशक प्राडा. गौरीशंकर साहले जानकारी दिए । ‘आइतबार तयारी अवस्थामा प्रतिष्ठानलाई हस्तान्तरण गरिने गरि काम भइरहेको
उनले बताए । लगभग तयारी छ । केही सानातिना काम भइरहेको आज र भोली सबै तयारी हुन्छ ।’–प्राडा साहले भने ।
आइतबारदेखि उक्त अस्पतालबाट सेवा शुरु गरिने प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताएका छन् । उनका अनुसार सय बेडको आइसोलेनसहित १० वटा आइसियु बेडको व्यवस्था गरिएको छ । कोरोना अस्पतालको लागि छुट्टै एक्स रे, सिटी स्क्यान, अपरेसन थिएटर राखिएको छ । निर्माण समितिले आइतबार प्रतिष्ठानलाई हस्तान्तरण गर्ने तयारी भएको छ । विहान ११ बजे मुख्यमन्त्री शेरधन राईले अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।