ब्लाष्टखबर। भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदरमा बृद्धि हुदै गइरहकाे छ । हाल सम्म भारतमा संक्रमितकाे संख्या २३ हजार ५ सय २ पगिसकेकाे छ भने काेराेनाका कारण ज्यान गुमाउनेको संख्या ७२२ पुगेको छ ।

पछिपल्लाे तथ्याङ्कका अनुसार ५ हजार १२ जान संक्रमित निकाे भएका छन् । 

भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा २८३ जनाको मृत्यु भएको छ । ६ हजार ४३० जनामा संक्रमण देखिएको छ । गुजरातमा ११२ जनाको मृत्यु भएको छ भने २ हजार ६२४ मा संक्रमण पुष्टि भइसकेको छ । नेपालसंग सिमाना जाेडिएकाे उत्तर प्रदेशमा १ हजार ५ सय १० संक्रमीत पुष्टि भएका छन्,भने २४ जनकाे मृत्यु भएकाे छ । त्यस्तै बिहारमा १ सय ५२ संक्रमित पुष्टी भएका छन्, भने  २ काे मृत्यु भइसकेकाे छ । पश्चिम बङ्गालमा ५ सय ११ लाइ काेराना संक्रमण देखिएकाेमा १५ जनाकाे मृत्यु भइसकेकाे छ ।

 भारतका ३२ वटा राज्य मध्याे ३ राज्य अरुणाचल प्रदेश, मणिपुर र  पर्यटकिय क्षेत्रकाे रूपमा परिचित गोवा काेराेना संक्रमणबाट मुक्त भएकाे भारतीय संञ्चारमाध्यमले जनाएका छन् । भारतका अन्य केन्द्र शासित राज्यहरू नागालैंड, सिक्किम, दमन दीव, दादर एंड नागर हवेली र लक्षदीपमा अहिलेसम्म काेराेनाकाे संक्रमणका घटनाहरू नदेखीएकाे बताइएकाे छ ।