लक्ष्मीमार्ग/मोरङको बेलबारी नगरपालिकाले ९४ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट तथा १३ जनाको पिसिआरको माध्यमबाट परीक्षण गरेको छ ।
विभिन्न देशबाट नगरपालिकामा आएकाहरूको परीक्षण गरिएको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
वाह्य देशबाट आएकाहरूमा बढी संक्रमित हुने सम्भावना भएकाले उनीहरूको परीक्षण गरिएकाे नगरपालिकाले जनाएकाे छ । र्यापिड डाइग्नोष्टिक टेस्ट प्रविधिबाट गरिएको परीक्षणको नतिजा १५ मिनेटमै आउने स्वास्थ्यकर्मीहरूले बताए ।