धरान । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४८ पुगेको छ ।

एकै दिन तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि यो संख्या ४८ पुगेको हो । यसअघि ४५ रहेका थिए । त्यसमध्ये १० जना उपचार पछि निको भएर घर फर्किएका थिए । थप तीन जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

त्यसमध्ये उदयपुरकी ५५ वर्षीया महिला, जनकपुरमा १४ वर्षीय बालक र भोजपुरमा २६ वर्षीय युवकमा कोरोनाको संक्रमण देखिएको हो । भोजपुरमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको छ । समुदायमा फैलिँदै गएको कोरोनाका कारण थप जोखिम बढ्न थालेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरूलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।