दमक / एक महिना अघि दुवईबाट फर्किएका दमकका एक जनामा आर डि टि पोजेटिभ देखिएको छ । कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि आरडिटि परीक्षण गर्ने क्रममा बिहीबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीले जानकारी दिइन । आरडिटि म पोजेटिभ देखिएका ती ब्यक्तिको स्वाब परीक्षणका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ । शरिरमा भाइरसको जिवाणु सक्रिय वा निष्क्रिय रहेको बारेमा परीक्षण गर्दा ती ब्यक्तिमा सकृय अर्थात पोजेटिभ देखिएको हो ।
बिहीवार दमकमा ७ जनामा आरडिटि परीक्षण गरिएको मध्ये एक जनामा पोजेटिभ र अन्य ६ जनामा नेगेटिभ देखिएको हो ।
दमकका बिभिन्न क्वारेन्टाइनमा ४१ जना रहेका छन । जसमा अहिले सम्म कसैमा पनि आरडिटि पोजेटिभ आएको थिएन । क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ अबस्था सामान्य रहेको छ । ती युवालाई दमक अस्पतालमा रहेको आइसोलेसन वाडृमा राखिएको र उनको समेत स्वास्थ अबस्था सामान्य रहेको दमक नगरपालिका स्वास्थ शाखाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले बताए ।