यासोक / पाँचथरको कुम्मायक गाउँपालिकाको क्वारेन्टाइनमा ५ जना थपिएका छन । झापा जिल्लाबाट गाउँपालिका प्रबेश गर्ने कुम्मायक १ का ५ जना थपिएका हुन । योसंगै गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या १७ पुगेको छ । यस अघि बिभिन्न जिल्लाबाट हिडेरै गाउँपालिका प्रबेश गर्ने १२ जनालाई राखिएको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी सेमिक लावतीले बताए । उनीहरु झापा, मोरङ, सुनसरी र संखुवासभाबाट गाउँपालिका प्रबेश गरेका थिए । गाउँपालिका भित्र प्रबेश गर्ने नागरिकको संख्या बढ्दै गएकाले यो संख्या बढ्न सक्ने लावतीको भनाइ छ ।
सरकारले लक डाउनलाई थप कडाइ गरेपछि नागरिकहरु पैदल हिडेरै बिभिन्न जिल्लाबाट गाउँपालिका प्रवेश गर्ने गरेका छन । यस अघि पनि १३ जना सोही क्वारेन्टाइनमा राखिएको थियो । उनिहरु सबैको कोरना परिक्षण नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा पठाईसकेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले जनाए । एक जिल्ला बाट अर्को जिल्लामा आवत जावत गर्ने माथी सरकारले कडाइ गरेको छ । जस्ले गर्दा बिभिन्न जिल्लाबाट गाउँपालिका प्रबेश गर्ने नागरिकलाई क्वारेन्टाइनमा राख्दै आएको गाउँपालिकाले जनाएको छ ।