ब्लाष्टखबर । उपयपुर र जनकपुरमा गरि आज नेपालमा थप २ मा काेराेना संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा आज उदयपुरकी ५५ बर्षीय महिला र जनकपुरका १४ बर्षीय पुरुषमा कोरोनाकाे संक्रमण पुष्टी भएकाे जनाएका हुन्।
सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ जना पुगेको छ । संक्रमित पुष्टी भएका दुबैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् ।
बिहीबार २ जना काेराेना संक्रमित पाटन अस्पतालबाट उपचार पछि निको भएर घर फर्किएकाे उनले जानकारी दिए । नेपालमा काेराेनाकाे उपचार पछि घर फर्कनेहरूकाे संख्या ९ पुगेकाे छ । उपचारमा रहेकाहरूकाे स्वास्थ्य पनि सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।