ब्लाष्टखबर । काेराेना भाइसका कारण करिब ४७ हजार ज्यादा नागरिककाे ज्यान गुमाइसकेकाे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेराेना भाइसर 'भाइरस' नभएर अमेरिका माथी गरिएकाे आक्रमण बताएका छन् । 

उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै  साे कुरा बताएकाे भारतीय सञ्चार अमरउजालाले  उल्लेख गरेकाे छ । उनले पत्रकार सम्मेलनमा भनेका छन्  ' हामीमाथि हमला भएकाे छ,  यो आक्रमण हो।  यो कुनै पनि हालतमा फ्लू मात्र होईन । आजसम्म कसैले  यस्ताे देखेकाे थिएन पछिल्लो पटक  १९१७ मा यस्ताे भएकाे थियाे ।'

अमेरिकामा हाल ८ लाख ५० हजारकाे हाराहारीमा काेराेना संक्रमित फेला परेका छन् । ४७ हजार ६ सय ८१ जनाकाे मृत्यु भइसककाे छ भने,  ८४ हजार उपचार भएर फर्कीएका छन् । 

अमेरिकाले  त्यहाँका नागरिक र व्यापारीहरूलाई सहयाेग गर्नका लागी खरबाैं रूपैया प्राेत्साहन प्याकेज दिइरहकाे छ । पत्रकारहरूले उक्त प्रत्साहन वापत गरिएकाे खर्चले राष्ट्रिय ऋण बढ्न सक्ने  जिज्ञासामा ट्रम्पले  अमेरिकासँग कुनै विकल्प नरहकाे बताएका छन्।

 ट्रम्पले भने, "हामीसँग कुनै विकल्प छैन। के हामीसँग विकल्प छ ? म सँधै सबै कुराहरूलिएर चिन्ता गर्छु। हामीले यो समस्या समाधान गर्नु पर्नेछ। हामीसँग विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था थियो। चीन भन्दा राम्रो, सबै भन्दा राम्रो। हामीले यसलाई गत तीन बर्षमा बनायौं र एक दिन ऊ आउँछ र भन्छ कि हामीले सबै थोक बन्द गर्नुपर्दछ। अब हामी यसलाई फेरि खोल्न जाँदैछौं र हामी पहिलेकाे भन्दा अझ बलियो हुनेछौं तर तपाईंले केही पैसा खर्च गर्नुपर्नेछ। "

ट्रम्पले पछिल्लाे समय काेराेना केसहरूमा सुधारात्मक अाकाएकाे बताउदै भाइरससँग लड्ने अमेरिकाकाे रणनीतिले काम गरिरहेको बताएका छन् ।